Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

बीआरआई अन्तर्गतका योजनालाई अनुदानमा बदल्नुपर्छ : गृहमन्त्री लेखक

बीआरआई अन्तर्गतका योजनालाई अनुदानमा बदल्नुपर्छ : गृहमन्त्री लेखक

बिहिवार , मंसिर ६, २०८१

धनगढी । गृहमन्त्री रमेश लेखकले बीआरआई अन्तर्गतका परियोजनाका सम्बन्धमा कांग्रेस र एमालेबीच फरक फरक मान्यताहरु रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले बीआरआईमा अनुदान लिने तर ऋणका रुपमा भने स्वीकार नगर्ने कांग्रेसको निर्णय रहेको बताएका हुन् ।

गृहमन्त्री लेखकले बीआरआई अन्तर्गतका परियोजनाका लागि सहयोग लिने सम्बन्धमा कांग्रेस र एमालेका फरक फरक मान्यताहरु देखिएका भएपनि दुवै दलबीच हुने समझदारीका आधारमा अघि बढ्ने बताए ।

गृहमन्त्री लेखकले भने, ‘कांग्रेसले यसअघि नै बीआरआई परियोजना ग्रान्टमा हो भने मात्रै स्वीकार गर्ने निर्णय गरिसकेको छ। यसको मतलब एमाले ग्रान्ट स्विकार्दैन भन्ने चाहिँ होइन है। यसबारेमा दुई पार्टीका शीर्ष नेताहरुका बीचमा छलफल भइरहेको छ। विदेश भ्रमणका एजेन्डाका बारेमा सत्ता साझेदार दलहरुबीच छलफल हुनु स्वभाविकै त होइन र ?’

कांग्रेसले बीआरआई ऋणका रुपमा नलिने भनेर यसअघि नै निर्णय गरिसकेको गृहमन्त्री लेखकको भनाई छ । बीआरआईका विषयमा दुवै दलबीच छलफल चलिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077