Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

बालकुमारीमा विद्युत चुहावट भएर आगलागी

बालकुमारीमा विद्युत चुहावट भएर आगलागी

बिहिवार , मंसिर ६, २०८१

काठमाडौँ । बालकुमारीस्थित एउटा घरमा मध्यरातमा विद्युत् चुहावट भएर आगलागी भएको छ ।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरका अनुसार बालकुमारीस्थित सीसीआरसी कलेज नजिक स्वाभिमान श्रेष्ठको दुई तले घरमा एक्कासी विद्युत् चुहावट भएर आगलागी भएको हो ।

आगलागीबाट घरको पहिलो तलामा भोजराज भट्टले सञ्चालन गरेको ‘डगेरा फार्मेसी’ जलेर नष्ट भएको प्रभागले जनाएको छ ।

यसैगरी आगलागीबाट श्रेष्ठको घरसँगै एउटा पान पसल र मःम पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सँगैको ‘जुम्बा डान्स सेन्टर’ पनि जलेर नष्ट भएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण यकिन नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077