Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

देशभरका धर्मकाँटालाई डिजिटल बनाइँदै

देशभरका धर्मकाँटालाई डिजिटल बनाइँदै

बुधवार , मंसिर ५, २०८१

काठमाडौं । देशभरका सडक पूर्वाधारमा तोकिएकोभन्दा बढी भार बोकेको वा नबोकेको भन्ने पत्ता लगाउने प्रणालीका रुपमा रहेको धर्मकाँटालाई अब क्रमशः डिजिटल बनाइँदै लगिने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य र नेपाल ट्रक यातायात व्यवसायी महासंङका अध्यक्ष हिरालाल श्रेष्ठले आज संयुक्त रुपमा धादिङको धार्केमा रहेको धर्मकाटालाई डिजिटलाइजेशनको गर्दै सो घोषणा गरिएको हो ।

महासंघको व्यवस्थापनमा रहेको यो धर्मकाँटाको डिजिटल रूपान्तरणले ‘ओभरलोड’ नियन्त्रणमा मद्दत पुग्ने विश्वास महासङ्घले व्यक्त गरेको छ ।

धर्मकाँटालाई डिजिटल बनाउने उद्देश्यसँगै ओभरलोडका कारण सडकमा हुने क्षति रोक्न र यातायात व्यवसायलाई थप व्यवस्थित बनाउन यो कदम चालिएको महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँले जानकारी दिए ।

महासंघले देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी भइरहेको जनाएको छ । हाल देशभर २१ वटा धर्मकाँटा सञ्चालनमा छन । महासंघका अनुसार ती सबै धर्मकाँटालाई क्रमशः डिजिटल बनाउने प्रक्रिया अघि बढाइनेछ ।

डिजिटलाइजेशनपछि ओभरलोडको तथ्यांक र ट्रकको जानकारी सुरक्षित रूपमा व्यवस्थापन गर्न सकिनेछ । शुभारम्भ कार्यक्रममा मन्त्री दाहालले डिजिटल धर्मकाँटाले सरकारको यातायात नीति कार्यान्वयनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077