Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

विराटनगर किंग्सको जर्सी सार्वजनिक

विराटनगर किंग्सको जर्सी सार्वजनिक

मंगलवार , मंसिर ४, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली विराटनगर किंग्सले जर्सी सार्वजनिक गरेको छ ।

विराटनगर किंग्सका खेलाडी सन्दीप लामिछानेले मंगलबार जर्सी सार्वजनिक गरेका हुन् ।

जर्सी सार्वजनिक कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एनपीएलमा विराटनगर किंग्सले सफलता पाउने बताए ।

कार्यक्रममा सन्दीपले खेलप्रति दर्शकको माया र साथले ट्रफी जितेर ल्याउने अठोट व्यक्त गरे ।

कोशी प्रदेशको प्रतिनिधित्व गर्दै सबैको सफलताले टोली अगाडि बढ्ने उनको भनाइ थियो ।
एनपीएल यही मंसिर १५ गतेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077