Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

पोखरामा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न प्रधानमन्त्रीलाई आग्रह

पोखरामा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न प्रधानमन्त्रीलाई आग्रह

मंगलवार , मंसिर ४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष गण्डकी प्रदेश सरकारका मन्त्री र त्यहाँका पर्यटन व्यवसायीबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न आग्रह गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलबार आयोजित भेटघाटमा गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल नेतृत्वको टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि केन्द्र सरकारले पहल गर्न माग गरेको हो।

मन्त्री बस्यालले पोखरालाई देशकै पर्यटकीय राजधानीका रूपमा घोषणा गर्न र अन्तर्राष्ट्रिय उडानमार्फत यहाँ पर्यटक भित्र्याउन सरकारको सहयोग आवश्यक रहेको बताए।

प्रधानमन्त्री ओलीले सन् २०२५ लाई नेपाल भ्रमण वर्ष घोषणा गरिएको सन्दर्भमा आफ्नो आगामी चीन भ्रमणका क्रममा पर्यटक बढाउन चीन सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077