Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

डडेल्धुरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, सात घाइते

डडेल्धुरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, सात घाइते

मंगलवार , मंसिर ४, २०८१

डडेल्धुरा । डडेल्धुरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

कञ्चनपुरको दैजीबाट परशुराम नगरपालिका आइरहेको जीप परशुराम नगरपालिका–९ स्थित दैजी–जोगबुढा सडकखण्डको लिप्नामा आज दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय जोगबुढाका अनुसार महेन्द्रनगरबाट सलेता आउँदै गरेको लु१ज ४५७९ नम्बरको जीप सडकबाट ३० मिटर तल खसेको हो। दुर्घटनामा सात जना घाइते भएका छन् ।

तीमध्ये गम्भीर अवस्थामा रहेका चार जनालाई उपचारका लागि धनगढी लगिएको बताइएको छ । मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077