Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

कांग्रेस–एमालेका शीर्ष नेताहरू बालुवाटारमा, बिआरआईबारे छलफल हुँदै

कांग्रेस–एमालेका शीर्ष नेताहरू बालुवाटारमा, बिआरआईबारे छलफल हुँदै

मंगलवार , मंसिर ४, २०८१

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद्को बैठक स्थगित गरेर छलफलमा जुटेका हुन् । मंगलबार साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ ।

बैठकमा प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी स्वरुप अहिले बैठक बसिरहेको बताइएको छ । दुई दलबीच चीनको रणनीतिक बेल्ट इन रोड इनिसियटिभ (बिआरआई) परियोजनाबारे मुख्य छलफल भइरहेको दाबी गरिएको छ ।

प्रधानमन्त्री ओली मंसिर १७ गते चीनको भ्रमणका गएका बेला बिआरआईको कार्यान्वयन सम्झौता गर्ने तयारी छ । त्यसैको तयारीका लागि दुई दलबिच छलफल भइरहेको छ ।

छलफलमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री आरजु राणा र महामन्त्री गगन थापा रहभागी छन् ।

यस्तै एमालेका अध्यक्षसमेत रहेका ओली, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, एमाले उपमहासचिव तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077