Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

भूमिब्यवस्था मन्त्रीका सय दिने उपलब्धी, ५२ बुँदे झुटको खेती

भूमिब्यवस्था मन्त्रीका सय दिने उपलब्धी, ५२ बुँदे झुटको खेती

मंगलवार , मंसिर ४, २०८१

काठमाडौं । भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी अधिकृत र उपसचिव गए हुने जिल्लाको काममा पनि हैसियत भुलेर आफैं जान तम्सिने गरेका छन् ।

मन्त्रालयका शाखा अधिकृत र उपसचिव जाँदा हुने कार्यक्रममा मन्त्रीले लावालस्कर लिएर जाँदा लाखौं खर्च हुनेगरेको छ । मन्त्रीलाई स्वागत सत्कारका नाममा कार्यालय प्रमुखलाई थप ब्ययभार पर्न जान्छ ।

जुन सेवाग्राहीकै अर्थात् नागरिककै थाप्लोमा पर्न जान्छ । मन्त्रीको खातिरदारीका लागि खर्च गरेको रकम कर्मचारीले सेवाग्राहीसँगै असुली गर्दछन् । तलवबाट उनीहरुले दिँदैनन् ।

भूमिब्यवस्था मन्त्रालयका कर्मचारीले घुमन्ते मन्त्रीको संज्ञा दिएका भूमिब्यवस्था मन्त्री बुधबार मात्र सामान्य कार्यक्रममा पाल्पा गएका थिए । फर्किएर भैरहवामा आएर त्यहाँका नापी कार्यालयका प्रमुखलाई सुनौलीमा लगी सपिङ गराएर बिहीबार फर्किएका छन् ।

यसअघि गएको कात्तिक दोस्रो साता मन्त्री अधिकारी जम्बो टोली लिएर कोशी प्रदेशका संखुवासभा, झापा र बिराटनगर पुगेर भारतको सिलीगुडीसम्म पुगेर फर्किएका थिए । सिलीगुडीमा उनलाई लाने काम गिरीबन्धु टी स्टेटका मालिक छत्रबहादुर गिरीले गरेका थिए ।

भूमिब्यवस्था मन्त्री अधिकारीले गएको कात्तिक ८ गते १ सय दिनको उपलब्धी सार्र्वजनिक गरेका थिए । उनले सार्वजनिक गरेको प्रतिवेदनमा पहिला भएका काम पनि आफ्नो पालामा भएको देखाएको तथ्य अनलाइन नेपालले प्राप्त गरेको छ ।

मन्त्री अधिकारीले नापी विभागबाट ३ बर्षअघि लागू भएको मेरो कित्ता समेत आफ्नो पालामा भएको देखाएका छन् । नियमित काम टेण्डर सूचना निकालेको बिषयलाई पनि १ सय दिने उपलब्धीका रुपमा राखेका छन् ।

मालपोत, नापीका ऐन, निर्देशिका ड्राफ्ट पहिले नै तयार भए पनि मन्त्रीले १ सय दिने उपलब्धीका रुपमा राखेकोमा भूमिब्यवस्था मन्त्रालयका कर्मचारी नै चकित परेका छन् ।

पहिलाका सरकारबाट भइसकेका र गर्दै नगरेको झुटैझुटको बिबरण राखेर मन्त्री अधिकारीले प्रधानमन्त्री ओलीलाई समेत ढाँट्ने काम गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले छानबिन गरेमा सबै झुटैझुटको पर्दाफास हुनेछ ।

यस्तो छ मन्त्रीको झुटको खेती :

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077