Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

एमालेलाई मीनबहादुरको जग्गा दानविरुद्धको रिट हेर्न नमिल्नेमा

एमालेलाई मीनबहादुरको जग्गा दानविरुद्धको रिट हेर्न नमिल्नेमा

मंगलवार , मंसिर ४, २०८१

काठमाडौं । नेकपा एमालेलाई व्यवसायी मीनबहादुर गुरूङले पार्टी कार्यालय दिन जग्गा दान गरेकोविरूद्ध परेको रिटको पेसी हेर्न नमिल्नेमा परेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय न्यायाधीशद्वय सपना प्रधान मल्ल र अब्दुल अजिज मुसलमानको इजलासमा रहेको पेसी हेर्न नमिल्नेमा चढाइएको हो।

यसअघि आइतबार उक्त मुद्दा प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहितको पूर्ण इजलासमा परेको भए पनि हेर्न नभ्याइनेमा परेर स्थगित भएको थियो।

यो मुद्दा सर्वोच्च अदालतमा अहिलेसम्म ४ पटक पेशी तोकिसकिएको छ । सर्वोच्चले जग्गा हस्तान्तरण प्रक्रिया तत्काल अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077