Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • उपनिर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्न सुरक्षा निकायलाई गृहमन्त्री लेखकको निर्देशन

    उपनिर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्न सुरक्षा निकायलाई गृहमन्त्री लेखकको निर्देशन

    अनलाइन नेपाल
  • मंगलबार, ४ मंसिर २०८१
  • 210
    SHARES

    धनगढी । गृहमन्त्री रमेश लेखकले स्थानीय तह उपनिर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

    धनगढीमा सुरू भएको प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।



    उनले यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्न सुरक्षा निकायलाई निर्देशन दिए।



    गृहमन्त्री लेखकले उपनिर्वाचनलाई निष्पक्ष शान्तीपूर्णरुपमा सम्पन्न गराउने वातावरण बनाउन पनि सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए।

    उनले देशमा शान्ति सुरक्षासँगै अनुशासन कायम गराउन आवश्यक रहेको बताए। उनले पहिलो आवश्यकता शान्ति स्थापना गराउनु भएपनि सँगै अनुशासित पनि पर्ने बताए।

    गृहमन्त्री लेखकले भने,’सबैभन्दा पहिलो आवश्यकता शान्ति कायम गराउनु हो। तर, सुरक्षासँगै अनुशासन पनि कायम गराउन जरुरी छ । लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो, यसको रक्षा र सुदृढीकरण गर्नु हामी सबैको दायित्व हो ।’

    उनले लोकतन्त्र मर्यादित व्यवस्था भएको बताउँदै लोकतन्त्रमा अनुशासन अनिवार्य रहेको उल्लेख गरे।

    गृहमन्त्री लेखकले सिमानाकामा हुने राजस्व चुहावट, लागूऔषध नियन्त्रण, आत्महत्या, विपद, सवारी दुर्घटना जस्ता विषयमा गम्भीर भएर काम गर्न निर्देशन दिए।

    उनले सुरक्षा गोष्ठी औपचारिकतामा मात्र सीमित नभइ सुदूरपश्चिम प्रदेशको शान्ति सुरक्षा, अपराध नियन्त्रण, सडक दुर्घटना लगायतका विषयमा गम्भीर समीक्षा गरी आगामी योजना बनाइने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार