Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

पत्नीले चिर्पटले हान्दा पतिको मृत्यु

पत्नीले चिर्पटले हान्दा पतिको मृत्यु

मंगलवार , मंसिर ४, २०८१

रुकुमपश्चिम । रुकुमपश्चिमको चौरजहारीमा श्रीमतीले चिर्पटले हान्दा श्रीमानको मृत्यु भएको छ।

चौरजहारी नगरपालिका-२ विजयश्वरी बस्ने अन्दाजी ३२ वर्षीया दिपा कुमालले श्रीमान ४० वर्षीय मधु कुमाललाई चिर्पटले हान्दा मृत्यु भएको हो ।

घरयासी विवादका कारण सिर्जना भएको झगडाका क्रममा पत्नीले पतिलाई चिर्पट प्रहार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ।

प्रहरी केहीबेरअघि घटना स्थलमा पुगेको छ । प्रहरीका अनुसार उनीहरुका अन्दाजी १७ वर्षका एक छोरा छन् ।

सूचना लगत्तै इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक दीपेन्द्र रावलको नेतृत्वमा गएको प्रहरी टोलीले हत्या आरोपी महिलालाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077