Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

गृहमन्त्री, गृहसचिव र आईजीपीसहितको टोली किन आयो धनगढी ?

गृहमन्त्री, गृहसचिव र आईजीपीसहितको टोली किन आयो धनगढी ?

सोमवार , मंसिर ३, २०८१

कैलाली । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकसहितको टोली धनगढी आइपुगेको छ । मंगलबार धनगढीमा आयोजना हुने सुदूरपश्चिम प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन गृहमन्त्री लेखकसहितको यहाँ आएको हो ।

गृहमन्त्री लेखकसहित गृहसचिव गोकर्णमणी दुवाडी र तीनवटा सुरक्षा निकायका प्रमुखहरुको टोली धनगढी पुगेको छ ।

गृहमन्त्री लेखकलाई सोमबार साँझ सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरुले स्वागत गरेका थिए । सो टोलीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल लगायत राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसमेत छन् ।

प्रदेश स्तरीय सुरक्षा गोष्ठी मंगलबार बिहान ८ः०० बजेदेखि धनगढीमा सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077