Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

जीबीले बेचेको २३ रोपनी जग्गा प्रहरीद्वारा रोक्का, हिमालयन बैंकको १६ करोड जोखिममा

जीबीले बेचेको २३ रोपनी जग्गा प्रहरीद्वारा रोक्का, हिमालयन बैंकको १६ करोड जोखिममा

सोमवार , मंसिर ३, २०८१

काठमाडौं । सहकारी ठगीको रकमबाट गितेन्द्रबाबु (जीबी) राईले खरिद गरी बिक्री गरेको काठमाडौंको भैंसेपाटीस्थित २३ रोपनी ७ आना जग्गा रोक्का भइसकेको खुलेको छ । सहकारी ठगीको अनुसन्धानमा क्रममा शंकास्पद कारोबार देखिएपछि जग्गा रोक्का भएको छ ।

आफुविरुद्ध प्रहरीले अनुसन्धान थालेपछि राईले सो जग्गा चेनी क्यापिटललाई बिक्री गरिएको थियो । बिक्री गरेलगत्तै सो कम्पनीका सञ्चालकले बैंकमा धितो राखेर ऋण लिइसकेका छन् । ठगीकै योजनाअनुसार यसरी जग्गा खरिद गरेलगत्तै ऋण लिइएको प्रहरीको आशंका छ ।

सो कम्पनी सुन तस्करीमा समेत मुछिएका बाजेको सेकुवा रेष्टुरेन्टका मालिक चेतन भण्डारी तथा भारत र नेपाल दुवैतर्फ नागरिकता भएका विवादास्पद व्यापारी पवन कुमार साहको हो । सो कम्पनीका सञ्चालकमा पवनकी श्रीमती रश्मादेवी र चेतनका आफन्त एकनाथको नाममा छ ।

[insert page='319117' display='yopanipadhnuhos.php']

केही शेयर रक्षम इन्भेष्टमेन्ट कम्पनीको समेत नाममा रहेको स्रोत बताउँछ । रक्षम जीबीकै कम्पनी हो । जसकारण प्रहरीले सम्पत्ति शुद्धीकरण मुद्दामा सो कम्पनीका सबै सञ्चालकलाई समेत तान्ने सम्भावना छ ।

ललितपुर मालपोत कार्यालय स्रोतका अनुसार ८ मंसिर २०८० मै चितवन प्रहरीको पत्रअनुसार सो जग्गा रोक्का भइसकेको छ । चितवनको सहारा सहकारीको रकम समेत जीबीको समूहले ठगी गरेको घटनाको अनुसन्धानमा उनको जग्गा रोक्का भएको हो ।

सो जग्गा १ भदौ २०७९ मा बिक्री भएको मालपोत कार्यालयको तथ्याङक छ । त्यसअघि नै जिजीबीविरुद्ध प्रहरीमा उजुरी पर्न थालिसकेको थियो । आफूमाथि अनुसन्धान हुने देखेपछि सम्पत्ति जोगाउन उनले जग्गा बिक्री गरेका थिए ।

तर, त्यसरी सस्तोमा जग्गा हत्याएका व्यापारीद्वय भण्डारी र साहसमेत हाल छानबिनमा तानिएका छन् । स्रोतका अनुसार सिआइबीले उनीहरूमाथि समेत अनुसन्धान थालेको छ ।

[insert page='275639' display='yopanipadhnuhos.php']

अनुसन्धानको क्रममा हिमालयन बैंक समेत पर्न सक्ने स्रोत बताउँछ । बैंकले धितोको अधिक मूल्याङकन गरेर मिलेमतोको आधारमा कर्जा प्रवाह गरेको थियो । सहकारी ठगीमा सो जग्गा रोक्का भएकाले बिक्री गरेर सहकारी पीडितलाई दिनुपर्ने हुन्छ ।

त्यो अवस्थामा बैंकको समेत करोडौं डुब्ने अवस्था छ । स्रोतका अनुसार हिमालयन बैंकका सिईओ अशोकशमशेर राणाले मिलेमतोका आधारमा सो कर्जा प्रवाह गरेका थिए । बैंकले १६ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077