Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

एनपीएलमा कुन टिमलाई समर्थन गर्दै छन् क्यानका अध्यक्ष चन्द ?

एनपीएलमा कुन टिमलाई समर्थन गर्दै छन् क्यानका अध्यक्ष चन्द ?

सोमवार , मंसिर ३, २०८१

कैलाली । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो समर्थन सुदूरपश्चिम रोयल्सलाई रहने बताएका छन् ।

सोमबार धनगढीमा सुदूरपश्चिम रोयल्सले आयोजना गरेको र्‍यालीपछि बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफू क्यानको अध्यक्ष भए पनि समर्थन भने सुदूरपश्चिम रोयल्सलाई रहेको बताए ।

उनले भने, 'म क्यानको अध्यक्ष हो । म सबै आठ टिमको साझा व्यक्तित्व हो । सबै टिमको साझा व्यक्तित्व भए पनि मेरो मन रोयल्स । समर्थन पनि रोयल्स । शुभकामना छ सुदूरपश्चिम रोयल्स ।'

उनले सुदूरपश्चिम रोयल्स देशकै फ्रेन्चाइज टोली बन्नेमा दुविधा नभएको बताए । साथै उनले नेपाली क्रिकेटको इतिहासमा एनपीएल एउटा कोशेढुंगा सावित हुने दाबी गरे ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा पहिलो संस्करणको एनपीएल यही मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म आयोजना हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077