Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सडक र गाडी तयारी अवस्थामा राख्न स्थानीय तहलाई निर्वाचन आयोगको निर्देशन

सडक र गाडी तयारी अवस्थामा राख्न स्थानीय तहलाई निर्वाचन आयोगको निर्देशन

सोमवार , मंसिर ३, २०८१

काठमाडौं । निर्वाचन आयोगले चुनाव हुने स्थानीय तहलाई सडक र गाडी तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।

आयोगले चुनावका बेला प्रयोग गर्नुपर्ने भन्दै भौतिक संरचना र सवारी साधन तयारी अवस्थामा राख्न उपनिर्वाचन हुने स्थानीय तहहरुलाई निर्देशन दिएको हो ।

आयोगले सभागृह, अतिथिगृह, सवारी साधन, विद्युतीय उपकरणहरु मर्मत सम्भार गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।

त्यस्तै मतदान केन्द्र राखिएका ठाउँको संरक्षण र मर्मत सम्भार गर्न, त्यहाँ खानेपानी, शौचालय, विद्युत, सञ्चार आवजावतको वैकल्पिक मार्ग, सडक र पुल पुलेसा, तथा कम्पाउण्डको व्यवस्था गर्न पनि भनेको छ ।

मतदान केन्द्रलाई ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता मैत्री बनाउन यथासम्भव प्रयत्न गर्न पनि निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानीय तहलाई निर्देशन दिएको आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले विज्ञप्तिमार्फत बताएकी छन्।

उपनिर्वाचनको काममा स्थानीय तहका कर्मचारी पनि खटाउन सकिने भन्दै आयोगले कर्मचारीको विवरण अद्यावधिक गरी राख्न र मागेको बेला उपलब्ध गराउन आग्रह गरेको छ ।

उपनिर्वाचनका बेला निर्वाचन अधिकृतको कार्यालय रहने स्थानसम्मको आवागमनलाई निर्वाध रूपमा सञ्चालन गर्ने व्यवस्था गर्न, मतदान स्थल र मतदान केन्द्रहरूसम्म पुग्ने सडक तथा अन्य भौतिक पूर्वाधारहरू मर्मत सम्भार गरी तयारी अवस्थामा राख्न आयोगले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077