Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

रोमानिया पठाइदिन्छु भन्दै साढे ४ लाख ठगी गर्ने लामा पक्राउ

रोमानिया पठाइदिन्छु भन्दै साढे ४ लाख ठगी गर्ने लामा पक्राउ

सोमवार , मंसिर ३, २०८१

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रोमानिया पठाइदिन्छु ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-७ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ३९ वर्षीय मनिल कुमार लामा रहेका छन्।

लामाले रोमानिया पठाइदिन्छु भन्दै १ जनाबाट ४ लाख ६० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएका थिए ।

लामा पैसा लिएर सम्पर्कबिहीन भएको भन्दै पीडितले प्रहरीमा उजुरी दिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई ललितपुरबाटै पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077