Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

पहिचान पक्षधरद्धारा कोशीमा फेरि आन्दोलनको घोषणा

पहिचान पक्षधरद्धारा कोशीमा फेरि आन्दोलनको घोषणा

सोमवार , मंसिर ३, २०८१

विराटनगर । कोशी प्रदेशको पुनः नामाङ्कन गर्नुपर्नेलगायत मागसहित पहिचान पक्षधरले फेरि आन्दोलनको घोषणा गरेको छ ।

प्रदेश १ पुनस् नामांकन संयुक्त संघर्ष समितिले फेरि आन्दोलन को घोषणा गरेको हो । समितिले कोशी नाम खारेज गर्न माग गर्दै फागुन १७ गतेलाई कालो दीवसको रुपमा मनाउने भएको छ ।

समितिले १० चैतसम्म कोशी प्रदेशको नाम खारेजी र पुनः नामाङ्कन प्रक्रिया सुरु नगरे प्रदेशसभा घेराउ, मुख्यमन्त्री कार्यालय घेराउसहित अनिश्चितकालीन हड्ताल गर्ने चेतावनी दिएको छ ।

तत्कालीन केदार कार्की नेतृत्वको सरकारसँग सहमति भएपछि शान्तिपूर्ण गतिविधि गर्ने बताएको पहिचान पक्षधरले सार्वजनिक कार्यक्रममा प्रदेश सांसदलाई निषेधको घोषणा गरेको छ ।

कोशी प्रदेश नाम खारेज गरी पहिचानसहितको प्रदेशको नाम हुनुपर्ने माग राख्दै पहिचान पक्षधरले आन्दोलन गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077