Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सुनसरी बालिका मृत्यु प्रकरण : एसपी र डीएसपीसहित १० प्रहरी घाइते

सुनसरी बालिका मृत्यु प्रकरण : एसपी र डीएसपीसहित १० प्रहरी घाइते

सोमवार , मंसिर ३, २०८१

सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुखसहित १० प्रहरी घाइते भएका छन् ।

इटहरी उपमहानगरपालिका-१० रिलाईन्स अगाडि बसको ठक्करबाट १४ वर्षीय सम्झना यादवको मृत्यु भएपछि आइतबार साँझ तनाव हुँदा सुनसरी प्रहरी प्रमुखसहित १० प्रहरी घाइते भएका हुन् ।

यादवको मृत्यु भएपछि आगजनीमा उत्रिएका स्थानीयलाई रोक्न पुगेका प्रहरी घाइते भएको बताइएको छ । आइतबार साँझ ईटहरीबाट दुहबीतर्फ जाँदै गरेको प्रदेश नम्बर १-०१-००१ख ४५७४ को बसले जनता स्कुलमा कक्षा-९ मा अध्यनरत यादवलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो ।

त्यसपश्चात ६०० जनाभन्दा बढी स्थानीय विरोधमा उत्रिएका थिए । आन्दोलनरत स्थानीयलाई नियन्त्रण गर्न आइतबार राति पुगेका सुनसरीका प्रहरी प्रमुख सुमनकुमार तिम्सिना, डीएसपी रामप्रसाद तिमल्सिना, इटहरीका डीएसपी लक्ष्मी भण्डारी लगायतका १० प्रहरी घाइते भएका छन् ।

घटनापश्चात स्थानीयले बसमा आगो लगाएका थिए । भीड नियन्त्रण गर्नका लागि प्रहरीले लाठी चार्ज,अश्रु ग्यास र हवाई फायर गर्नु परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । शव पोस्टमार्टमको लागि कोशी हस्पिटल विराटनगर पठाइएको छ ।

बसका चालक बिराटनगर-१३ बस्ने २७ वर्षीय अमित श्रेष्ठलाई नियन्त्रणमा लिएर इप्रका ईटहरीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077