Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

आज धनगढीमा र्‍याली गर्दै सुदूरपश्चिम रोयल्स, दिपेन्द्रसहितका खेलाडी सहभागी हुने

आज धनगढीमा र्‍याली गर्दै सुदूरपश्चिम रोयल्स, दिपेन्द्रसहितका खेलाडी सहभागी हुने

सोमवार , मंसिर ३, २०८१

कैलाली । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको टोली सुदूरपश्चिम रोयल्सले आज धनगढीमा र्‍याली गर्दैछ । रोयल्सले आज धनगढीको चौराहादेखि रङ्गशालासम्म र्‍याली आयोजना गर्ने भएको हो ।

अहिले बिहान ९ बजेदेखि धनगढीको चौराहाबाट हुड्केउली बाजागाजासहित सुरु हुने र्‍याली धनगढी रंगशालामा आएर परिचयात्मक कार्यक्रम गरि समापन हुनेछ ।

र्‍यालीमा सुदूरपश्चिम रोयल्सका खेलाडी, टिम व्यवस्थापक, नेपाल क्रिकेट संघ क्यानका संघ, प्रदेश र जिल्लाका प्रतिनिधि लगायतको सहभागीता रहनेछ । त्यस्तै धनगढी रंगशालामामा समापन हुने र्‍यालीमा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्काको पनि उपस्थिति रहने बताइएको छ ।

र्‍यालीका लागि टिमका मार्की खेलाडी दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, अभिनास बोहरा, अमित श्रेष्ठ, इशान पाण्डेय, विनोद भण्डारी, नरेश बुढाऐर, खडक बोहरा, भोजराज भट्ट लगायतका खेलाडी धनगढी पुगिसकेका छन् ।

सुदूरपश्चिमको मेन्टरमा अस्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षकमा राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटा छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा पहिलो संस्करणको एनपीएल यही मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म आयोजना हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077