Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

इजरायली सेनाको आक्रमणमा हिजबुल्लाहका प्रवक्ता मारिए

इजरायली सेनाको आक्रमणमा हिजबुल्लाहका प्रवक्ता मारिए

सोमवार , मंसिर ३, २०८१

एजेन्सी । इजरायली रक्षा बल (आईडीएफ) को आक्रमणबाट लेबनानी सशस्त्र सङ्गठन (हिजबुल्लाह) का प्रवक्ता मोहम्मद अफिफ मारिएका छन् ।

लेबनानको राजधानी बेरुतमा रहेको रास अल–नबामा भएको आक्रमणमा अफिफ मारिएका हुन् ।

अफिफ हिजबुल्लाहका उच्च सञ्चारसम्बन्ध अधिकारी र बेरुतका धेरै पत्रकारहरूका लागि सङ्गठनको सम्पर्क व्यक्ति थिए ।

उनी गएको सेप्टेम्बर २७ मा मारिएका हेजबुल्लाहका पूर्वमहासचिव हसन नसरल्लाहको सञ्चार सल्लाहकारसमेत रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077