Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिँदै

पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिँदै

सोमवार , मंसिर ३, २०८१

काठमाडौँ । पूर्वसभामुख स्वर्गीय दमननाथ ढुङ्गानाको आज अन्त्येष्टि गरिँदै छ ।

सरकारले उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने तयारी गरेको हो । त्यसका लागि सोमबार बिहान नै मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।

उनको काठमाडौँको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको थियो ।

विसं २०४८ सालमा काठमाडौँ क्षेत्र नं २ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित उनी २०४८ देखि २०५१ सम्म सभामुख भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077