Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

स्थानीय तहको उपनिर्वाचनका लागि ४०७ जनाको उम्मेदवारी, कहाँ कसको ?

स्थानीय तहको उपनिर्वाचनका लागि ४०७ जनाको उम्मेदवारी, कहाँ कसको ?

आइतवार , मंसिर २, २०८१

काठमाडौं । आसन्न स्थानीय तहको उपनिर्वाचनका लागि ४ सय ७ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले आइतबार प्रकाशन गरेको विज्ञप्ति अनुसार साँझ ५ बजेसम्म ४ सय ७ जनाले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन पत्र दर्ता गरेका हुन् ।

कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा २ जना महिला र ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा १ जना पुरुष उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ।

यसैगरी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त ८ पदका लागि ३५ महिला, ४८ पुरुष र १ अन्य गरी जम्मा ८४ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ।

साथै गाउँपालिका र नगरपालिकाका वडा अध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २९३ पुरुष र अन्य १ गरी जम्मा ३२३ जनाको मनोनयन पत्र दर्ता भएको छ। उपनिर्वाचन यही मंसिर १६ गते हुने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077