Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

सुदूरपश्चिम रोयल्सको 'ट्यालेन्ट हन्ट' धनगढीमा सकियो

सुदूरपश्चिम रोयल्सको 'ट्यालेन्ट हन्ट' धनगढीमा सकियो

आइतवार , मंसिर २, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिगका लागि सुदूरपश्चिम रोयल्सको 'ट्यालेन्ट हन्ट' धनगढीमा सकिएको छ ।

धनगढी क्रिकेट एकेडेमीको मैदानमा सञ्चालन गरिएको ट्यालेन्ट हन्ट आइतबार सकिएको हो । ट्यालेन्ट हन्टमा प्रदेशभरिका युवाहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

नेपाल क्रिकेट संघ क्यानले एनपीएलका लागि हरेक फ्रेन्चाइज टोलीले ट्यालेन्ट हन्टबाट एउटा आइकोनिक खेलाडी छनोट गर्नुपर्ने प्रावधान राखेको छ ।

छनोटका लागि सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षक जगत टमाटालगायत प्राविधिक टोली शनिबार नै धनगढी पुगिसकेको थियो ।

सहभागी हुन सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाबाट २०० भन्दा बढी युवा खेलाडीहरूले नाम दर्ता गराएका थिए । खेलाडीको नाम भने क्यानबाट स्वीकृति प्राप्त गरेपछि सार्वजनिक गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077