Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

मोटरसाइकल चोरीमा संलग्न ४ जना पक्राउ, यसरी सफल भयो अनुसन्धान !

मोटरसाइकल चोरीमा संलग्न ४ जना पक्राउ, यसरी सफल भयो अनुसन्धान !

आइतवार , मंसिर २, २०८१

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले आइतबार मोटरसाइकल चोरीमा संलग्न चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापका चन्द्र तामाङ, ओम बहादुर तामाङ, सिन्धुलीका विजय माझी र समल तामाङ रहेका छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको हो । ट्राफिक प्रहरी कार्यालयका अनुसार भक्तपुरको लोकन्थलीबाट हराएको बागमती प्रदेश ०२-०३७ प ७७ ७१ नम्बरको मोटरसाइकल मनोज मानन्धरले हराएको भनी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

खोजतलासको क्रममा वास्तविक नम्बर परिवर्तन गरी ०२-०४२ प ६८ १७ नम्बरको मोटरसाइकल काठमाडौँ महानगरपालिका ६ महांकालमा चन्द्र तामाङले चलाउँदै गरेको अवस्थामा फेला पारियो ।

चन्द्रलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनले उक्त मोटरसाइकल ओम बहादुरबाट लिएको खुलेको थियो । त्यसपछि ट्राफिक प्रहरीले ओम बहादुरलाई काठमाडौंको बौद्ध पिपलबोटबाट पक्राउ गर्‍यो ।

थप अनुसन्धानमा ओम बहादुरले मोटरसाइकल विजय र समलबाट लिएको स्वीकार गरेपछि मुलपानीबाट उनीहरूलाई पनि नियन्त्रणमा लिइयो । उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त ठिमी, भक्तपुर पठाइएको छ ।

यस्तै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक उमा प्रसाद चतुर्वेदीले चोरी नियन्त्रणका लागि सबैलाई सजग रहन आग्रह गरे । उनले सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्यान्डिल लक, चेन लक, ह्विल लक, र सुरक्षा साइरन जडान गर्न सुझाव दिएका छन् ।

साथै, सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन १०३ वा नेपाल प्रहरीको हटलाइन १०० मा तत्काल सम्पर्क गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077