Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

बसको ठक्करबाट विद्यार्थीको मृत्यु : स्थानीले जलाए बस, घटनास्थल तनावग्रस्त

बसको ठक्करबाट विद्यार्थीको मृत्यु : स्थानीले जलाए बस, घटनास्थल तनावग्रस्त

आइतवार , मंसिर २, २०८१

सुनसरी । सुनसरीमा बसको ठक्करबाट एक छात्राको घटनास्थलमै मृत्यु भएको छ ।

सुनसरीको खनार नजिकै शान्ति चोकमा इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको मे १ ख ४५७४ नम्बरको बसले इटहरीस्थित जनता माविमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीया सम्झना यादवलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।

सो बसले साइकलमा सवार यादवलाई ठक्कर दिएको थियो । दुर्घटनापछि भागेको बसलाई सुनसरी–मोरङ सिँचाई आयोजनाको पुलनजिकै स्थानीयले नियन्त्रणमा लिएर आगजनी गरेका छन् ।

आगजनीपछि सो क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ । घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077