Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

रास्वपाद्धारा दोस्रो चरणको आन्दोलन घोषणा

रास्वपाद्धारा दोस्रो चरणको आन्दोलन घोषणा

आइतवार , मंसिर २, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।

पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा रास्वपाका प्रवक्ता मनिष झाले मंसिर ८ बाट दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

आफ्ना मागबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर समेत जानकारी गराउने प्रयास गरे पनि समय नदिएको नेता झाले बताए ।

प्रवक्ता झाले भने, 'प्रधानमन्त्रीले कुनै कार्यक्रममा गएर ज्ञापनपत्र बुझाउन आउँदैछन् क्यारे, तस्बिरसहित समाचार दिउँला भनेर खिसिट्युरी गर्नुभयो, तर हामीलाई पाँच मिनेट पनि समय दिनुभएन ।'

राजनीतिक प्रतिशोध बन्द गर्नुपर्ने, फौजदारी कानुन संशोधन गर्नुपर्ने, सहकारी पीडितको बचत रकम फिर्ता गर्नुपर्ने तथा स्वायत्त सहकारी प्राधिकरण बनाउनुपर्ने र भ्रष्टाचार काण्डको न्यायिक छानबिन गर्न स्वतन्त्र न्यायिक आयोग गठन गर्नुपर्ने आन्दोलनको एजेन्डा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077