Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

जिसस ओखलढुंगा प्रमुखमा एमालेले उम्मेदवार नउठाउने, कांग्रेसलाई सहयोग गर्ने

जिसस ओखलढुंगा प्रमुखमा एमालेले उम्मेदवार नउठाउने, कांग्रेसलाई सहयोग गर्ने

आइतवार , मंसिर २, २०८१

ओखलढुंगा । जिल्ला समन्वय समिति ओखलढुंगामा नेकपा एमालेले आफ्नो उम्मेदवार नउठाउने भएको छ।  जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुखमा एमालेले आफ्नो उम्मेदवार नउठाउने भएको हो।

कांग्रेसले जिल्ला समन्वय समिति प्रमुखमा टेकराज भट्टराईलाई उम्मेदवार बनाउने भएको छ ।

तत्कालीन जिल्ला समन्वय प्रमुख डिल्लीराम खनालको डेढ वर्षअघि निधन भएसँगै रिक्त रहेको पदमा हुन लागेको उपनिर्वाचनमा एमालेले नेपाली कांग्रेसलाई सहयोग गर्न लागेको हो ।

उपनिर्वाचनअन्तर्गत मनोनयन दर्ताको अघिल्लो दिन नेपाली कांग्रेसको पार्टी कार्यालयमा बसेको सत्तागठबन्धन दल नेपाली कांग्रेस र एमालेको जिल्लास्तरीय बैठकमा कांग्रेसलाई समन्वय प्रमुखमा सघाउने र आफ्नो उम्मेद्वार नउठाउने सहमति गरेका थिए ।

जिल्लाका ८ स्थानीय तहका १६ प्रमुख उपप्रमुखमध्ये कांग्रेसकोतर्फबाट पाँच पालिका प्रमुख र चार उपप्रमुख गरी नौ जनाले जितेका छन्।

एमालेले एक पालिका अध्यक्ष, चार उपप्रमुखसहित पाँच, माओवादीले एक अध्यक्ष र जसपाले एक अध्यक्ष जितेका छन्।

जिससका मतदाता नै पालिका प्रमुख र उपप्रमुख मात्रै हुने भएकाले कांग्रेसको एकल बहुमत छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077