Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

कीर्तिपुरको मेयरमा माओवादीबाट महर्जनको उम्मेदवारी दर्ता

कीर्तिपुरको मेयरमा माओवादीबाट महर्जनको उम्मेदवारी दर्ता

आइतवार , मंसिर २, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट कीर्तिपुर नगरपालिकाको मेयरमा प्राडा शिवशरण महर्जनले उम्मेदवारी दर्ता गराएका छन्।

मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि माओवादी केन्द्रबाट महर्जनले आज उम्मेदवारी दर्ता गराएका हुन् ।

माओवादीका उम्मेदवार महर्जनलाई नेकपा एकीकृत समाजवादीको पनि समर्थन रहेको छ ।

माओवादीले कीर्तिपुर नगरपालिका -४ को अध्यक्षमा नारायण विष्टको उम्मेदवारी दर्ता गराएको छ।

वडा नम्बर १ मा भने जसपाका सरल गोपाल महर्जनलाई समर्थन गरेको छ।

कीर्तिपुरको मेयरमा नेकपा एमालेका डा. सुरेन्द्र मानन्धर, राप्रपाका ध्रुव महर्जन र नेसपाबाट दिलकुमार महर्जनले उम्मेदवार दर्ता गराइसकेका छन्।

एकीकृत समाजवादीले आफूले उम्मेदवारी नदिने भएको छ। उक्त दलले माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने सहमति गरेको छ।

तालमेलबारे शनिबार साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेबीच सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077