Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

कीर्तिपुरको मेयरमा उम्मेदवारी नदिने रास्वपाको निर्णय

कीर्तिपुरको मेयरमा उम्मेदवारी नदिने रास्वपाको निर्णय

आइतवार , मंसिर २, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कीर्तिपुर नगरपालिकाको प्रमुखमा उमेदवारी नदिने भएको छ ।

रास्वपाले यही मंसिर १६ गते हुने मतदानका लागि उम्मेदवारी दर्ता नगराउने निर्णय गरेको हो ।

यसअघि रास्वपाले कीर्तिपुरमा जयराम कार्कीलाई उम्मेदवार बनाउने तयारी गरेको थियो ।

कीर्तिपुरको मेयरमा नेकपा एमालेका डा. सुरेन्द्र महर्जन, नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रबाट प्रा.डा. शिवशरण महर्जन, राप्रपाका ध्रुव महर्जन उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077