Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • काठमाडौं मेडिकल कलेजमा ‘सुपर स्पेसियालिटी’ सेवा सुरु

    काठमाडौं मेडिकल कलेजमा ‘सुपर स्पेसियालिटी’ सेवा सुरु

    अनलाइन नेपाल
  • आइतबार, २ मंसिर २०८१
  • 969
    SHARES

    काठमाडौं । काठमाडौं मेडिकल कलेजले बच्चाहरूका लागि सुपर स्पेसियालिटी सेवा संञ्चालनमा ल्याएको छ । कलेजले मंसिर एक गतेदेखि १६ वर्ष मुनिका बाल बच्चाहरूका लागि विशेषज्ञ सेवा संञ्चालनमा ल्याएको  हो ।

    न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने स्वास्थ्य संस्थाको रूपमा एउटा कम्प्लिट मल्टी स्पेशालिस्ट अस्पतालको रूपमा तीव्र गतिमा रूपान्तरण भइरहेको मेडिकल कलेजले जनाएको छ ।



    काठमाडौं मेडिकल कलेजका अनुसार आधा दर्जन बढी पेडियाक्ट्रीक एमबिएच चिकित्सकहरूको सहभागितामा पेडियाक्ट्रीक क्रिटिकल केयर अन्तर्गत पिआईसीयु, एचडियू, एनआईसियूसहित अत्याधुनिक उपकरणबाट बच्चाहरूको उपचार हुने छ ।



    नवजात शिशु विशेषज्ञहरूले २४ सै घण्टा सघन निगरानी, स्वासप्रश्वास सम्बन्धी सम्पूर्ण सेवाका साथै न्युरो क्रिटिकल केयर, मुटुका बिरामीका लागि विशेष सेवा, छारेरोग, टाउकोमा लागेको चोटपटक, अचेत बाल बच्चाको उपचार सेवाका साथै प्यारालाइसिस भएका बच्चाहरूका लागि स्पेशल उपचार सेवा समेत न्यून शुल्कमा उपलब्ध हुने मेडिकल कलेजले जनाएको छ ।

    योसँगै पेडियाक्ट्रीक ग्याँस्ट्रोइन्टेरोलोजी अन्तर्गत बालबालिकाको पेट र कलेजो सम्बन्धी सेवाहरू उपलब्ध गराउँदै अत्याधुनिक मेडिकल उपकरणहरूद्वारा इन्डोस्कोपी,, रोलोनोस्कोपी, इन्टरजेन्सको सेवा समेत उपलब्ध हुने बताइएको छ ।

    पेडियाक्ट्रीक न्युरोलोजी अन्तर्गत छारे रोगको सम्पूर्ण जाँच र उपचार, सेरेब्रल पाल्सी, अटिजम, मस्तिष्क घात, प्यारालाइसिस जस्ता बिरामीहरूको एउटै छातामुनि मल्टीडिस्प्लिनरी उपचार सेवा उपलब्ध गराइरहेको छ ।

    यो सँगै बालबालिकाहरूको हरेक किसिमका शल्यचिकित्साजन्य रोगहरूको उचित उपचार र निदान बाल शल्यचिकित्साजन्य एमसीएच प्याड्रीयाट्रीक सर्जनले सेवा प्रदान गर्नेछन् । यसका अलावा पेडियाट्रीक रेडियोलोजी सेवा समेत उपलब्ध छ ।

    बालबालिकाको सम्पूर्ण रोगको उपचार भारतका विभिन्न प्रख्यात संस्थानहरूमा अध्ययन गरेका व्यवसायीक रूपमा निकै दक्ष सुपर स्पेसियालीटी डिम एमसीएच टिमबाट एउटै छातामुनि सेवा उपलब्ध रहेको काठमाडौं मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद दाहालले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार