Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

कीर्तिपुरको मेयरमा बाबुराम नेतृत्वको नेसपाका महर्जनले गरे उम्मेदवारी दर्ता

कीर्तिपुरको मेयरमा बाबुराम नेतृत्वको नेसपाका महर्जनले गरे उम्मेदवारी दर्ता

आइतवार , मंसिर २, २०८१

काठमाडौं । कीर्तिपुरको मेयरमा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा)का दिलकुमार महर्जनले उम्मेदवारी दर्ता गरेका छन् ।

कीर्तिपुरस्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगेर महर्जनले उम्मेदवारी दर्ता गराएका हुन् ।

कीर्तिपुरको मेयरमा नेकपा एमालेका डा. सुरेन्द्र महर्जन, नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रबाट प्रा.डा. शिवशरण महर्जन, राप्रपाका ध्रुव महर्जन उम्मेदवार छन् ।

अन्य राजनीतिक दलका उम्मेदवारहरू पनि उम्मेदवारी दर्ता गर्न आउने क्रम सुरु भएको छ ।

आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत आज सातै प्रदेशका ४२ पदमा उम्मेदवारी दर्ता हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077