Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

परराष्ट्रमन्त्रीको व्यस्तताका कारण संसदीय समितिको बैठक स्थगित

परराष्ट्रमन्त्रीको व्यस्तताका कारण संसदीय समितिको बैठक स्थगित

आइतवार , मंसिर २, २०८१

काठमाडौं । आज बस्ने भनिएको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठक स्थगित भएको छ।

आइतबारका लागि तय भएको बैठक अनिश्चिकालका लागि स्थगित भएको हो ।

परराष्ट्रमन्त्री आरजु राणा देउवाको व्यस्थताका कारण बैठक स्थगित भएको बताइएको छ ।

आइतबारका लागि तय भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे छलफल गर्ने कार्यसूची रहेको थियो।

परराष्ट्रमन्त्री राणा काठमाडौं बाहिर रहेको र पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डे उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको हो ।

परराष्ट्रमन्त्री राणा सुदूरपश्चिम भ्रमणमा रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077