काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।
अघिल्लो कारोबार दिन प्रतितोला एक सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला एक सय रूपैयाँ नै घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार रूपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ।
यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय पाँच रूपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय १० रूपैयाँमा कारोबार भएको थियो।
Leave a Reply