Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

कीर्तिपुरमा कृष्णमानलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

कीर्तिपुरमा कृष्णमानलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

आइतवार , मंसिर २, २०८१

काठमाडौँ । नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकाको मेयरमा कृष्णमान डंगोललाई उठाउने निर्णय गरेको छ । शनिबार बसेको कांग्रेस बागमती प्रदेश संसदीय समितिको बैठकले सो निर्णय गरेको हो ।

मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि सो नगरपालिकाको प्रमुखमा डंगोललाई उठाउने निर्णय भएको कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाले कांग्रेस जिल्ला कार्य समिति काठमाडौँलाई परिपत्रमार्फत जानकारी गराएका छन् ।

यसअघि पालिकाबाट डंगोलसिहत १४ जनाको नाम जिल्ला हुँदै प्रदेशमा पुगेको थियो। उम्मेदवार सिफारिस भएका डंगोल नेपाली कांग्रेस कीर्तिपुर नगर समिति सभापति समेत हुन्।

२०७९ को स्थानीय तह निर्वाचनमा कीर्तिपुरमा कांग्रेसकै राजकुमार नकर्मी ९०४३ मत ल्याएर विजयी भएका थिए। उनको निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077