Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

काठमाडौं उपत्यकामा पानीको समस्या सदाका लागि समाधान गर्ने मन्त्री यादवको दाबी

काठमाडौं उपत्यकामा पानीको समस्या सदाका लागि समाधान गर्ने मन्त्री यादवको दाबी

शनिवार , मंसिर १, २०८१

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा दीर्घकालीन रूपमा खानेपानीको समस्या समाधान गरिने बताएका छन् ।

जनता समाजवादी पार्टी, काठमाडौं जिल्ला समन्वय समितिद्धारा नेपाल संवत् ११४५, तिहार, छठलगायत पर्वहरूको अवसरमा शनिबार काठमाडौंमा आयोजना गरिएको शुभकामना आदान–प्रदान एवं सांस्कृतिक तथा जलपान समारोह कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् ।

उनले काठमाडौं उपत्यकामा खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्नेतर्फ आफू अगाडि बढेको बताए ।

मन्त्री यादवले काठमाडौं उपत्यकाबासीका लागि आफूले २५ करोड लिटर र ५० लाख लिटर थप पानी आपूर्तिका लागि ट्रिटमेन्ट प्लान्ट बनाउनका लागि टेण्डर आह्वान गरिसकेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077