Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

'ट्यालेन्ट हण्ट' का लागि सुदूरपश्चिम रोयल्सको टीम धनगढीमा

'ट्यालेन्ट हण्ट' का लागि सुदूरपश्चिम रोयल्सको टीम धनगढीमा

शनिवार , मंसिर १, २०८१

धनगढी । नेपाल प्रिमियर लिगको लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सको टीम धनगढी आइपुगेको छ । खेलाडी छनौटका लागि भोलि (आइतवार) ट्यालेन्ट हण्ट आयोजना हुने भएको हो ।

धनगढी क्रिकेट एकेडेमीको मैदानमा बिहान ९ बजेदेखि ट्यालेन्ट हण्ट सुरु हुने सुदूरपश्चिम रोयल्सले जनाएको छ। ट्यालेन्ट हण्ट छनोटका लागि सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षक जगत टमाटा लगायतको प्राविधिक टोली शनिवार नै धनगढी पगेको हो।

ट्यालेन्ट हण्टमा सहभागी हुन चाहाने खेलाडीहरुका लागि सुदूरपश्चिम रोयल्सले अनलाइन रजिष्टेसन मार्फत खेलाडी दर्ताको लागि १५ दिन अगाडी नै सूचना जारी गरेको थियो ।

ट्यालेन्ट हण्टमा सहभागी हुन अहिलेसम्म सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाबाट दुई सय भन्दा बढी खेलाडीहरुले नाम दर्ता गराएको रोयल्सले जनाएको छ।

सुदूरपश्चिमको मार्की खेलाडीमा दिपेन्द्रसिंह ऐरी छन भने अन्य खेलाडीमा आरिफ शेख, विनोद भण्डारी, अभिनास बोहोरा, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठ, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड), रोहन मुस्तफा (यूएई) का रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077