Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

महिलालाई स्वरोजगार बनाउन जुट्यो धनगढी उपमहानगर, सुरु भयो 'शनिवारे मेला' !

महिलालाई स्वरोजगार बनाउन जुट्यो धनगढी उपमहानगर, सुरु भयो 'शनिवारे मेला' !

शनिवार , मंसिर १, २०८१

कैलाली । धनगढी उपमहानगरपालिकाले महिला उद्यमी शनिवारे मेला सुरू गरेको छ । आज (शनिवार) देखि सुरु भएको मेला अब हरेक साताको शनिवार पार्कमोडमा लाग्ने भएको हो ।

अब धनगढी उपमहानगरपालिका–१ पार्कमोडमा हरेक शनिवार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म मेला लाग्नेछ ।

शनिवारे मेलामा महिला उद्यमीले स्टल राखेका छन् । मेलाको पहिलो दिन ६० वटा स्टलमा महिला उद्यमीहरूले आफूले बनाएका सामान र खाजाका परिकार राखेका छन् ।

शनिवारे मेलाले महिलाहरूलाई आयआर्जनमा जोड्ने अपेक्षा गरिएको छ । सिप सिकेका तर कही कतै व्यवसाय नगरेका महिलाहरूलाई निःशुल्क बजारको अवरस दिने उद्येश्यले शनिवारे बजार सुरू गरिएको नगर प्रमुख गोपाल हमालले जानकारी दिए ।

घरभित्र मात्रै सिमित महिलाहरूलाई आर्थोपार्जनमा समेत जोड्न मेला सहयोगी हुने नगर प्रमुख हमालको विश्वास छ ।

महिलाहरु आफैले उत्पादन गरेका बस्तुहरु, परम्परागत तथा मौलिक खानेकुराहरु, थारु, नेवारी, डोटेली लगायत हरेक जातजाती र क्षेत्रमा पाक्ने खानपिनका परिकार यो मेलामा हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077