Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

अछाममा घरायसी विवादले लियो हिंसाको रूप, माईकलमाथि हसिया प्रहार !

अछाममा घरायसी विवादले लियो हिंसाको रूप, माईकलमाथि हसिया प्रहार !

शनिवार , मंसिर १, २०८१

अछाम । अछाममा घरायसी विवादको क्रममा हसिया प्रहार गर्दा एकजना घाइते भएका छन् ।

जिल्लाको रामारोशन गाउँपालिका–६ पुदुमा शनिबार दिउँसो ३४ वर्षीय भरत साउँद (माईकल) आफ्नै घरमा बसिरहेका समयमा सोही स्थानका ४० वर्षीय दिर्घ साउँदले धारिलो हसिया प्रयोग गरी पछाडिबाट टाउकोमा प्रहार गरेका हुन् ।

टाउकोमा गम्भीर चोट लागेका भरतको हाल बयालपाटा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । उनको अवस्था मध्यम रहेको छ ।

अछाम प्रहरीका अनुसार घटनाको कारण घरेलु विवाद रहेको छ ।

घटनामा संलग्न दिर्घलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077