Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

बौद्ध धर्मलाई राजनीतिक रूपमा दुरुपयोग गर्न खोजिँदैछ : प्रधामन्त्री ओली

बौद्ध धर्मलाई राजनीतिक रूपमा दुरुपयोग गर्न खोजिँदैछ : प्रधामन्त्री ओली

शनिवार , मंसिर १, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बौद्ध धर्मलाई राजनीतिक रूपमा दुरुपयोग गर्न खोजिएको बताएका छन् ।

ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधामन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले बौद्ध धर्मलाई राजनीतिक रूपमा दुरुपयोग गर्न खोजिरहेको भन्दै त्यसलाई निषेध गर्नुपर्ने बताए ।

राजनीतिका लागि बुद्धिजमलाई माध्यम बनाएर ठगी गर्न नहुने प्रधानमन्त्री ओलीको भनाइ छ ।

उनले सम्पूर्ण मानव जातिका लागि मित्रता, एकता, करुणा, सहनशीलता, सहअस्तित्वको कुरा बुद्ध धर्ममा गरिएको पनि बताए ।

प्रधानमन्त्री ओलीले बुद्ध धर्मममा उँचनिच नरहेकाले बुद्धका विचारलाई निःस्वार्थ भावले अपनाउनुपर्ने बताए ।

आफू बुद्धवादको अध्येता नभई बुद्धवाद मन पराउने मानिस भएको उनले प्रस्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077