Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

यो सरकार ढलेपछि माओवादीकै नेतृत्वमा नयाँ सरकार बन्छ : प्रचण्ड

यो सरकार ढलेपछि माओवादीकै नेतृत्वमा नयाँ सरकार बन्छ : प्रचण्ड

शनिवार , मंसिर १, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्तमान सरकार ढलेर माओवादीकै नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका छन् ।

माओवादीको काभ्रे– काठमाडौं सम्पर्क समितिको भेलामा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो दाबी गरेका हुन् ।

अध्यक्ष प्रचण्डले भने, ‘यही हलमा हो मैले ३२ को संख्यालाई जादुको संख्या भयो भनेको थिएँ, मेरो भनाइले उनीहरुले उद्धेलित र तरंगित भए होलान् । अहिले पनि हाम्रो संख्या म्याजिक नै छ । '

अध्यक्ष प्रचण्डले अहिलेको सरकारपछि फेरि माओवादीकै नेतृत्वमा सरकार बन्ने दाबी गरे ।

आफूहरु प्रमुख विपक्षी दल रहेको र यो सरकार तलमाथि भएमा आफूहरुकै सरकार बन्ने अध्यक्ष प्रचण्डको भनाई छ ।

यो सरकारलाई उल्ट्याएर बन्ने सरकार माओवादीकै भएको र त्यसैले चिन्तित हुने कुरा नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077