Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सामान्य हिसाबले काम गरे राजश्वको लक्ष्य भेट्न सम्भव छैन : अर्थमन्त्री पौडेल

    सामान्य हिसाबले काम गरे राजश्वको लक्ष्य भेट्न सम्भव छैन : अर्थमन्त्री पौडेल

    अनलाइन नेपाल
  • शनिबार, १ मंसिर २०८१
  • 201
    SHARES

    काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सामान्य हिसाबले कार्य सम्पादन गरेर राजश्वको लक्ष्य भेट्न सम्भव नरहेको बताएका छन् ।

    काठमाडौंमा आयोजित राष्ट्रिय कर दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्।



    उनले कर प्रणालीलाई आधुनिकीकरण गर्ने, प्रविधिमैत्री जनशक्ति विकास गर्ने, कार्य प्रक्रिया सरलीकरण गर्ने, जोखिममा आधारित कर परीक्षण तथा अनुसन्धान एवं व्यावसायिक सङ्गठन र कार्यविशिष्टीकरण लगायतका सुधारका लागि पहलकदमी लिन आग्रह गरे।



    अर्थमन्त्री पौडेलले करको दायरा बिस्तार गर्ने, कर दातामैत्री वातावरण सिर्जना गर्ने, कर दाता सेवाको गुणस्तरमा वृद्धि गर्ने, कर छली लगायतका कार्यमा थप सक्रियता अपनाउन आवश्यक रहेको बताए ।

    सूचना प्रविधिको प्रयोगमा बिस्तार एवं सोको गुणस्तरीयता र दिगोपन कायम गर्दै समय र लागत न्यून हुनेगरी सेवा प्रवाहमा प्रभावकारिता अभिवृद्धि गर्नका लागि थप क्रियाशील हुनका लागि कर प्रशासनलाई उनले निर्देशन दिए ।

    उपप्रधानमन्त्री पौडेलले जनताबाट सङ्कलन गरिने कर र त्यसको सही सदुपयोगबाट मात्रै राष्ट्रको समृद्धिको आधार तयार हुनसक्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार