Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

यी हुन् सबैभन्दा धेरै कर तिर्ने कम्पनीहरु (सूचीसहित)

यी हुन् सबैभन्दा धेरै कर तिर्ने कम्पनीहरु (सूचीसहित)

शनिवार , मंसिर १, २०८१

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ ।

विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा सम्मान गरेको हो ।

सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेड बनेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

पर्यटन व्यवसायतर्फ सबैभन्दा धेरै कर तिर्नेमा तारागाउँ रिजेन्सी होटेल छ । वस्तु व्यापारबाट बढी कर तिर्नेमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर छ ।

आर्थिक वर्ष २०७९/८० मा वस्तु व्यापारबाट बढी कर तिर्ने करदाताको रूपमा भाटभटेनी सम्मानित भएको छ ।

विशेष उद्योगहरुमध्ये आयविवरण अनुसार सबैभन्दा बढी आयकर बुझाउनेमा बरुण विभरेज नेपाल छ । रेमिटेन्स तथा मनी ट्रान्सफरको कारोबार गर्नेमध्ये सबैभन्दा धेरै कर तिर्नेमा सिटी एक्सप्रेस मनी ट्रान्सफर छ ।

स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेड, गत आर्थिक वर्षमा ५० करोड देखि एक अर्बसम्मको कारोबार गर्ने कम्पनीतर्फ सिडिएस एन्ड क्लियरिङ लिमिटेड उत्कृष्ट करदाताका रुपमा सम्मानित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077