Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

शनिवार , मंसिर १, २०८१

काठमाडौं । भक्तपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

चाँगुनारायणबाट डेकोचातर्फ जाँदै गरेको ना२त ९३४० नम्बरको ट्याक्टर चाँगुनारायण नगरपालिका-५ पिखेलमा दुर्घटना हुँदा सोही ठाउँका ४५ वर्षीय गोविन्द सुवालको मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार शुक्रबार साँझ ट्याक्टर दुर्घटनामा गम्भीर घाइते भएका सुवालको उपचारका क्रममा अन्नपूर्ण न्यूरो अस्पताल, काठमाडौंमा मृत्यु भएको हो ।

ट्याक्टरमा सवार भक्तपुर नगरपालिका-२ व्यासीका ४८ वर्षीय गणेश सुवाल घाइते भएका छन् ।

उनको भक्तपुर अस्पतालमै उपचार भइरहेको छ । सामान्य घाइते भएका अन्य ४ जना डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077