Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेजमा आगलागी हुँदा १० बालबालिकाको मृत्यु

झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेजमा आगलागी हुँदा १० बालबालिकाको मृत्यु

शनिवार , मंसिर १, २०८१

एजेन्सी । भारतको उत्तर प्रदेशस्थित एक मेडिकल कलेजमा भीषण आगलागी भएको छ ।

उत्तर प्रदेशको झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेजमा गएराति भीषण आगलागी हुँदा १० बालबालिकाको मृत्यु भएको हो ।

अस्पतालको नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) मा आगलागी भएको बताइएको छ ।

झाँसीका जिल्ला मजिस्ट्रेट अविनाश कुमारले १० बालबालिकाको मृत्यु भएको पुष्टि गरेका छन् ।

एनआईसीयू भित्रको युनिटमा सर्ट सर्किटका कारण राति पौने ११ बजे आगलागी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077