Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदमा दरखास्त आह्वान

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदमा दरखास्त आह्वान

शनिवार , मंसिर १, २०८१

काठमाडौं । सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदमा दरखास्त आह्वान भएको छ ।

नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले शनिबार एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।

समितिले सार्वजनिक सेवा प्रसारण ऐन बमोजिम सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्नुपर्ने भएकोले कार्यविधिअनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकले दरखास्त दिन सक्ने जनाएको छ ।

इच्छुक उम्मेदवारले सात दिनभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आवेदन दिन सक्ने पनि समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077