Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

१४३ थान हराएका मोबाइल सम्बन्धित धनीलाई हस्तान्तरण

१४३ थान हराएका मोबाइल सम्बन्धित धनीलाई हस्तान्तरण

शुक्रवार , कार्तिक ३०, २०८१

काठमाडौं । जिल्ला प्रहरी परिसर ललितपुरले चोरी भएका र हराएका मोबाइल फोनहरूको खोजतलास तथा अनुसन्धान गरी १४३ थान मोबाइल सम्बन्धित धनीलाई फिर्ता गरेको छ ।

प्रहरीले बिभिन्न मितिमा हराएका तथा चोरी भएका मोबाइल फोनहरूको सूचना प्राप्त गरेपछि आवश्यक अनुसन्धान थालेको थियो ।

डिजिटल प्रविधिको प्रयोग, नेटवर्क ट्र्याकिङ, र अन्य अनुसन्धानका विधिहरू अपनाएर प्रहरीले हराएका मोबाइल फेला पारेको हो ।

ती मोबाइलहरु प्रहरीले सम्बन्धित धनीलाई हस्तान्तरण गरिसकेको छ । मोबाइल फिर्ता पाएपछि सम्बन्धित धनीहरुले खुशी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077