Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

राज्यमन्त्री साउँद र ऊर्जामन्त्री खड्काबीच भेटवार्ता, विद्युत् विस्तारका लागि पहल

राज्यमन्त्री साउँद र ऊर्जामन्त्री खड्काबीच भेटवार्ता, विद्युत् विस्तारका लागि पहल

शुक्रवार , कार्तिक ३०, २०८१

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउँदबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता भएको हो । भेटमा राज्यमन्त्री साउँदले डोटीको पुर्वीचौकी गाउँपालिका ७ का गजडा र बगाडा सहितका स्थानमा विद्युतीकरण विस्तारका लागि आवश्यक बजेट सुनिश्चित गरिदिन माग गरिन् ।

डोटी जिल्लाका ग्रामीण क्षेत्रहरूका जनता अझै पनि विद्युत सुविधाको पहुँचबाट वञ्चित छन् । सोही माग लिएर राज्यमन्त्री साउँदले ऊर्जा मन्त्री खड्कासँग भेट गरेको बताइएको छ ।

ऊर्जामन्त्री खड्काले सरकार ग्रामीण क्षेत्रमा विद्युतीकरण विस्तारमा प्रतिवद्ध रहेको बताएका छन् । यस पहलले गजडा र बगाडा मात्र होइन, डोटी जिल्लाका अन्य विद्युतविहीन स्थानहरूमा समेत सुधारात्मक काम हुने अपेक्षा गरिएको छ ।

अहिले आफ्नो जिल्लाका समस्या लिएर राज्यमन्त्री साउँदले काठमाडौंमा भेटघाटलाई तीव्रता दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077