Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

अनलाइनमा बालयौन दुर्व्यवहारको सामग्री प्रसारण गरेको आरोपमा हरिजन पक्राउ

अनलाइनमा बालयौन दुर्व्यवहारको सामग्री प्रसारण गरेको आरोपमा हरिजन पक्राउ

शुक्रवार , कार्तिक ३०, २०८१

काठमाडौं । अनलाइनमा बालयौन दुर्व्यवहारको सामग्री प्रसारण गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नवलपरासी पश्चिम प्रतापुर गाउँपालिका-७ का २४ वर्षीय अमन प्रताप हरिजन रहेका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमको सहयोगमा उनलाई नवलपरासीबाट पक्राउ गरेको हो ।

उनीमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिइएको छ । साथै प्रहरीले उनीमाथि आवश्यक अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077