Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

माओवादी अध्यक्ष प्रचण्ड भन्छन् - भ्रष्टाचारविरोधी अभियानको नेतृत्व गर्न तयार छु

माओवादी अध्यक्ष प्रचण्ड भन्छन् - भ्रष्टाचारविरोधी अभियानको नेतृत्व गर्न तयार छु

शुक्रवार , कार्तिक ३०, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरोधी अभियानको नेतृत्व गर्न आफू तयार रहेको बताएका छन्।

सामुदायिक समाजवादको बहसमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डले भ्रष्टाचार विरोधी अभियान चलाउन आवश्यक रहेको बताए।

अध्यक्ष प्रचण्डले भने, ‘भ्रष्टाचारविरोधी अभियान, राज्यबाट प्रधानमन्त्री र गृहमन्त्रीले गरेर मात्रै हुँदैन। देशव्यापी रुपमा अभियान चलाउनुपर्नेछ। म त्यसको नेतृत्व गर्न तयार छु। सबैको साथ र सहयोग आवश्यक छ। भ्रष्टाचारविरोध अभियान नयाँ समाजवादी आन्दोलनसँग जोडिन जरुरी छ।’

उनले संविधानमा भएको सीमाहरुलाई पनि परिमार्जित गर्दै समाजवादको नयाँ यात्रामा लैजाने जमर्को गरिरहेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077