Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

अनधिकृत संरचनामा डोजर चलाउँदा अवरोध गर्ने सायमीसहित तीन जना पक्राउ

अनधिकृत संरचनामा डोजर चलाउँदा अवरोध गर्ने सायमीसहित तीन जना पक्राउ

शुक्रवार , कार्तिक ३०, २०८१

काठमाडौं । अनधिकृत संरचनामा डोजर चलाउँदा अवरोध गर्ने सुमन सायमीसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गौशालाको अतिक्रमित संरचनाम डोजर लगाउँदा अवरोध गर्न आएका सायमीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रको अतिक्रमित संरचनामा डोजर चलाएपछि सायमीसहितका युवाहरूले अवरोध गर्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरी वृत गौशालामा राखिएको थियो ।

चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका पक्की, कच्ची संरचना हटाउन डोजर चलाइएको छ ।

चक्रपथ सडक विभाग मातहत रहे पनि सडक सीमा अतिक्रमण भएकाले स्थानीय सरकारका रूपमा महानगरले अग्रसरता लिएर हटाउन लागेको सडक विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077